१५ असार २०८३, सोमबार

जेनजी आन्दोलनमा भागेका कालीबाबा पक्राउ

कात्तिक २५, २०८२
काठमाडौं
जेनजी आन्दोलनमा भागेका कालीबाबा पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हाडनाता करणी मुद्दामा दोषी ठहर भएका कालीबाबा भन्ने भरत लामिछानेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

हाडनाता करणी मुद्दामा उनलाई अदालतले २५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

यही कात्तिक १३ गते पक्राउ परेका लामिछानेलाई नख्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्