१९ असार २०८३, शुक्रबार

टर्की वायुसेना कार्गो विमान दुर्घटना

कात्तिक २६, २०८२
काठमाडौं
टर्की वायुसेना कार्गो विमान दुर्घटना

टर्की वायुसेना हर्कुलस सैन्य कार्गो विमान मंगलबार जर्जिया–अजरबैजान सीमा नजिकै दुर्घटनाग्रस्त भएको छ । उडान चालक दलसहित २० जना सैन्य कर्मचारीहरू सवार थिए । दुर्घटनामा मृत्यु हुनेको संख्या अझै आधिकारिक रूपमा पुष्टि भएको छैन ।

टर्कीको रक्षा मन्त्रालयले आफ्नो अजरबैजानबाट उडान भरेकोसैन्य कार्गो विमान दुर्घटनाग्रस्त भएको बताएको छ । अजरबैजानी र जर्जियाली अधिकारीहरूसँग संयुक्त उद्धार कार्य भइरहेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा एक कार्यक्रमको क्रममा दुर्घटनाको पुष्टि गर्दै भग्नावशेष पत्ता लगाउन प्रयास भइरहेको बताए । 

जर्जियाली वायु नेभिगेसन प्राधिकरणले जर्जियाली हवाई क्षेत्रमा प्रवेश गरेपछि विमानसँगको राडार सम्पर्क टुटेको बताएको छ ।

जर्जियाको इन्टरप्रेस समाचार एजेन्सीका अनुसार, विमान पूर्वी जर्जियाको काखेती क्षेत्रमा अवस्थित सिघनाघी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्