२४ जेठ २०८३, आइतबार
वरिष्ठ पत्रकारको विश्लेषण

ओली–देउवाको त्यो एउटा राम्रो काम, जसले भदौ २४ को विध्वंश निम्त्यायो– देवप्रकाश त्रिपाठी [भिडियो अन्तर्वार्ता]

‘त्यो घटना क्रान्ति–प्रतिक्रान्ति भन्दा पनि नियन्त्रित विध्वंश हो’
कात्तिक २६, २०८२
काठमाडौं

देवप्रकाश त्रिपाठी नेपालका एक निर्भीक वरिष्ठ पत्रकार हुन्, जो भीडबाट 'गाइडेड' हुँदैनन् । कुनै पनि घटनाक्रमको विश्लेषणमा उनको आफ्नो मौलिक विचार हुन्छ ।

गत भदौ २३–२४ मा भएका घटनाक्रमलाई कसैले क्रान्ति र कसैले प्रतिक्रान्ति भनेर विश्लेषण गरिरहेका बेला त्रिपाठी भने सो घटनालाई नियन्त्रित विध्वंशको संज्ञा दिन्छन् ।

भदौ २३–२४ मा भएको घटनाको जिम्मा लिने पात्रहरू कतैबाट परिचालित 'एलियन'जस्ता रहेको उनले टिप्पणी गरे । त्रिपाठी अहिलेको सरकारले चुनाव गराउन नसक्ने र त्यो चुनावले निकास नदिने विश्लेषण गर्छन् ।

तमाम कमी कमजोरीका बावजुद भदौ २३ अगाडिको सरकार मुख्यत केपी ओली र शेरबहादुर देउवाले गरेको एउटै राम्रो काम मन नपराएका अदृश्य तत्त्वले त्यो घटना घटाएको उनको विश्लेषण छ ।

– के हो त्यो ओली–देउवाले गरेको राम्रो काम ?

– भदौ २३–२४ को घटनालाई काउन्टर दिएका ओली फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा आउने सम्भावना कति छ ?

– सेनाको भूमिकालाई लिएर उठेको प्रश्न कति जायज ?

– फागुन २१ मा चुनाव नभए के हुन्छ ?

– आरजु देउवाप्रति त्यो वितृष्णाको कारण के हो ?

यी लगायत समसामयिक विषयमा त्रिपाठीसँग गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा :

salt training

कमेन्ट गर्नुहोस्