
भारतले नेपालसँग रहेको सीमा विवाद दुईपक्षीय संयन्त्रमार्फत् समाधान गरिने बताएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार नियमित प्रेस ब्रिफिङमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
उनले यसअघि नै दुई देशका अधिकारीहरू सम्मिलित संयन्त्र बनिसेको तथा नेपाल र भारतीबीच सीमाका विषयमा जति पनि समस्या छन् त्यसको समाधान त्यही संयन्त्रमार्फत् खोजिने बताए ।
प्रवक्ता जैसवालले शुक्रबार मात्र नेपाली परराष्ट्रमन्त्री भारत आइपुगेको जानकारी दिए ।
उनले शनिबार नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता हुने बताए ।
उनले उक्त भेटमा दुईबीचको सम्बन्ध, आपसी हित, विकास र सहकार्यका विषयमा गहन छलफल हुने बताए ।