२५ असार २०८३, बिहीबार

अफगानिस्तानमा बम विस्फोट, ३ बालबालिकाको मृत्यु

कात्तिक २८, २०८२
काठमाडौं
अफगानिस्तानमा बम विस्फोट, ३ बालबालिकाको मृत्यु

पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा बम विस्फोट हुँदा ३ बालबालिकाको मृत्यु भएको छ ।

विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्फोटक उपकरण विस्फोट हुँदा तीन जना बालबालिकाको ज्यान गएको प्रान्तीय प्रहरी प्रवक्ता सेदिकुल्लाह सेडिकीले शुक्रबार बताएका छन् ।

उक्त बस्तुलाई केटाकेटीहरूले खेलौना जस्तो ठानेर त्यससँग खेल्न थाल्दा दुभाग्यपूर्ण रूपमा उक्त उपकरण अचानक विस्फोट हुँदा घटनास्थलमै बालबालिकाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

बदघिस प्रान्तमा गत हप्ता भएको यस्तै विस्फोटको घटना हुँदा दुई जना बालबालिकाको ज्यान गएको थियो ।

युद्धग्रस्त अफगानिस्तानमा द्वन्द्व प्रभावित देश हो जहाँ विगत चार दशक भन्दा लामो युद्धबाट बाँकी रहेका विभिन्न उपकरणहरू विस्फोट भएका कारण निर्दोष नागरिकका साथै बच्चाहरूले ज्यान गुमाउने गरेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्