२४ जेठ २०८३, आइतबार

बालबालिकाको निःशुल्क मुटु परीक्षण

कात्तिक २८, २०८२
नुवाकोट
बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको आज निःशुल्क मुटु परीक्षण गरिएको छ ।

पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिइन् ।

शिविरमा काठमाडौं मेडिकल कलेज, वीरेन्द्र सैनिक र कान्ति बाल अस्पतालका चिकित्सकले परीक्षण र परामर्श दिएका थिए ।

शिविरको उद्‌घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले गाउँगाउँका बालबालिकालाई नियमित स्वास्थ्य परीक्षण र अभिभावकमा स्वास्थ्य सचेतना फैलाउन प्रयास भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्