१४ असार २०८३, आइतबार

डीआईजी कार्की एआईजीमा बढुवामा सिफारिस

कात्तिक २८, २०८२
काठमाडौं
डीआईजी कार्की एआईजीमा बढुवामा सिफारिस

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद तर्फका डीआईजी कार्कीलाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत छन् ।​ 

डीआईजी कार्कीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्