सरकारले बजेटको व्यवस्था गरेपछि सूर्यविनायक धुलिखेल सडक विस्तारको कामले गति लिएको छ ।
६ लेखनमा विस्तार भइरहेको सडकको काम रफ्तारमा भइरहेको सडक विभागका प्रवक्ता इन्जिनीयर श्यामबहादुर खड्काले जानकारी दिए ।

साढे १५ किलोमिटर सडकमध्ये धुलिखेल सांगा खण्डको स्ट्रक्चरको काम ९० प्रतिशत सम्पन्न भएको र सांगा धुलिखेलको कामको भौतिक प्रगति ५५ प्रतिशत रहेको प्रवक्ता खड्काले बताए ।
पेमेन्टको काम भएपछि विस्तारको कामले गति लिने उनले बताए । ‘अहिले रफ्तारमा काम भइरहेको छ, समय अवधिभित्रै काम सम्पन्न हुन्छ,’ उनले भने । २०८३ मंसिरभित्र सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो ।

नयाँ सरकारले विभिन्न जिल्लाका खुद्रे कार्यक्रम कटौती गरेर यो सडकमा बजेट हालेको अर्थमन्त्री रामेश्वर खनालले बताएका थिए । उनले ३ महिनामा पिच गर्ने गरी बजेटको व्यवस्था गरिएको हालै संसदीय समितिमा बताएका थिए ।
धुलिखेलतर्फ केही सडक र सर्भिस लेन कालोपत्रे भइसकेको छ ।
बाँकी खण्डको काममा कालोपत्रे हुन नसक्दा सडक आसपासका बासिन्दा धूलोबाट आक्रान्त भएका छन् ।
हेर्नुहोस्, भिडियो:

