२५ जेठ २०८३, सोमबार

फिनिक्स कलेजमा भर्ना भए रोहित पौडेल​, पाए पूर्ण छात्रवृत्ति

कात्तिक ३०, २०८२
काठमाडौं
फिनिक्स कलेजमा भर्ना भए रोहित पौडेल​, पाए पूर्ण छात्रवृत्ति

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल फिनिक्स कलेज अफ म्यानेजमेन्टमा भर्ना भएका छन् ।

क्रिकेटका साथै शैक्षिक यात्रालाई पनि सँगसँगै अघि बढाउने लक्ष्यका साथ उनी उक्त कलेजमा भर्ना भएका हुन् ।​​

हालै कक्षा १२ उत्तीर्ण पौडेललाई कलेजले पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ ।​

पौडेलजस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप ऊर्जा मिल्ने कलेजले जनाएको छ ।

कलेजका नेटवर्क निर्देशक राजु टण्डनले भने, 'हामी देशका लागि योगदान पुर्‍याउने प्रतिभाशाली खेलाडीहरूको शैक्षिक यात्रामा साथ दिन पाउँदा निकै हर्षित छौं । शिक्षा र खेलकुद एकसाथ अघि बढ्न सक्छन् भन्ने उदाहरण दिन हामी सधैं तत्पर छौं ।'​

फिनिक्स कलेजले राष्ट्रिय टिमका अन्य खेलाडीलाई पनि पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको थियो ।

साथै खेलकुद र शिक्षा दुवै क्षेत्रको सन्तुलित विकासलाई प्रोत्साहन गर्दै आएको कलेजले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्