२८ जेठ २०८३, बिहीबार

‘परान’ चौथो हप्तामा, बन्यो २०८२ सालमा सबैभन्दा धेरै कमाउने फिल्म

मंसिर ६, २०८२
काठमाडौं
‘परान’ चौथो हप्तामा, बन्यो २०८२ सालमा सबैभन्दा धेरै कमाउने फिल्म

दीपक आचार्य ‘काकु’ निर्देशित चलचित्र ‘परान’ २०८२ सालमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

प्रदर्शनमा आएको २१ औं दिनमा फिल्मले सिनेपाः बक्सअफिसमा १२ करोड ६६ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै २०८२ सालमा अहिलेसम्म सबैभन्दा धेरै कमाउने फिल्म बनेको हो ।

बिहीबारसम्म १२ करोड ग्रस कलेक्सन गरेको फिल्मले शुक्रबार र शनिबार १४ करोडको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ । ‘परान’ अहिले प्रदर्शनको चौथो हप्तामा छ ।

२०८२ सालमा सर्वाधिक कमाउने पहिलो फिल्म ‘ऊनको स्विटर’ हो । ‘ऊनको स्विटर’लाई गत कात्तिकमा ‘जेरी अन टप’ले उछिनेको थियो । अहिले ‘परान’ले ‘ऊनको स्विटर’ र ‘जेरी अन टप’ दुवैलाई उछिनेको हो ।

‘जेरी अन टप’ले बिहीबारसम्म सिनेपाः बक्स अफिसमा १२ करोड १४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

‘परान’ अब २० करोडमुनि व्यापार गर्ने ‘१२ गाउँ’, ‘जारी’, ‘छक्का पञ्जा ५’ जस्ता फिल्मको रेकर्ड तोड्ने लाइनमा छ ।

परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको चलचित्रमा नीर शाह र अभिनेत्री अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायतका कलाकारको अभिनय छ । 

'परान'का निर्माता रञ्जित आचार्यले नेपाली माटोको अर्गानिक कथामा चलचित्र बनेकाले दर्शकको साथ पाएको बताए । 'नेपाली सिनेमा क्षेत्रमा नाम चलेका एक्टर, ठूलो नेमफेम भएको एक्टर चाहिन्छ भन्ने मान्यता छ, त्यस्तो नहुँदा सिनेमा चल्दैन भन्ने थियो,' उनले लोकान्तरसँग भने, 'नेपाली माटोको कथालाई दर्शकले साथ दिनुभयो, यो दर्शकको साथप्रति हामी आभारी छौं ।'

प्रदर्शनमा आएको पहिले दिन 'परान'ले साखै दर्शकको साथ पाउन सकेको थिएन । दोस्रो दिन २० प्रतिशतले वृद्धि हुँदै गएर तेस्रो दिन दुई गुणा भएको निर्माता आचार्यले बताए । 'पहिलो दिन त चलचित्र सकियो भन्ने लागेको थियो, दोस्रो दिन २० प्रतिशतले बढ्यो, तेस्रो दिन दुई गुणा पुग्यो, चौथो दिनमा डबल भएको फिगर फेरि डबल भयो, पाँचौं दिनमा चौथो दिनको डबल हुँदै गयो,' उनले भने, 'हलहरूले पनि शोहरू थप्दै गए । अहिले चौथो हप्तामा छौं । खुसी लागेको छ ।'

salt training

कमेन्ट गर्नुहोस्