२४ जेठ २०८३, आइतबार

२०१९ र ०७२ को संविधानका सकारात्मक कुरालाई लिएर नयाँ व्यवस्थामा जानुपर्छ– स्वागत नेपाल [भिडियो अन्तर्वार्ता]

मंसिर ८, २०८२
काठमाडौं

नेपालमा राजनीतिक स्थायित्वका लागि राजसंस्थासहितको नयाँ व्यवस्थामा जानुपर्ने धारणा राख्ने मध्येका एक हुन्– अधिवक्ता स्वागत नेपाल ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजसंस्था पक्षधर समूहले ०४७ सालको संविधान फर्काउनुपर्ने तर्क गरिरहँदा अधिवक्ता नेपाल भने २०१९ र २०७२ सालको संविधानका विशेषता झिकेर नयाँ व्यवस्थामा जानुपर्ने तर्क गर्छन् ।

मुलुकको दीर्घकालिन स्थायित्वका लागि राजासहितको नयाँ व्यवस्थामा जानुको विकल्प नरहेको उनको जिकिर छ । त्यसका लागि अन्तरिम शासन विधान लागु गर्नुपर्ने उनी बताउँछन् ।

नेपालमा ‘राइट टू रिजेक्ट र राइट टू रिकल’सम्बन्धी व्यवस्थाका लागि गर्न सर्वोच्च अदालतमा रिट दायर गरेर आदेश गराएका अधिवक्ता नेपाल यथास्थितिमा गरिने चुनावले निकास नदिने दाबी गर्छन् ।

०१९ साल र ०७२ सालको संविधानका सकारात्मक विशेषता झिकेर कस्तो व्यवस्था ल्याउन खोजेको ?

०१९ सालको संविधानको के व्यवस्था लागू गर्ने ?

यथास्थितिमा गरिने चुनाव ‘आफ्नो पाकेटमार आफैँ छान्ने’ भनेको के हो ?

यीलगायत समसामयिक विषयमा गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा:

salt training

कमेन्ट गर्नुहोस्