२५ जेठ २०८३, सोमबार

रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ विजयी

जेठ २४, २०८३
काठमाडौं
रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापति पदमा विवेककुमार श्रेष्ठ विजयी भएका छन् । सभापति पदका लागि बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनःमतदान हुनुपर्नेमा आज आपसी सहमतिमा श्रेष्ठलाई सभापति पद प्रदान गरिएको हो ।

रास्वपा सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने वैधानिक व्यवस्था रहे पनि शनिबार भएको अधिवेशनमा सभापतिका चार उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत ल्याएका थिएनन् । रास्वपा नगरसभापति नवीन खड्काले सहमतिमै नेतृत्व टुङ्गो लगाउन सफल भएको जानकारी दिए ।

सभापति खड्काले आफ्नो पार्टीले देखेको सुशासन र जवाफदेही शासन प्रणालीको सपना पूरा गर्न बाँकेमा पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने उल्लेख गरे ।

सभापति खड्काले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सङ्गठन विस्तारमा जोड दिइने जानकारी दिँदै अधिवेशनमा पक्ष वा विपक्ष हुनु सामान्य विषय भएको बताए ।

सो प्रथम जिल्ला अधिवेशनबाट सभापति पदका उम्मेदवार विवेककुमार श्रेष्ठले ८५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी आनन्दबाबु काफ्लेले ५२, हरिपालसिंह केसीले ३९ र विनोद अग्रहरीले ११ मत प्राप्त गरेका थिए ।

उपसभापति पदमा विजयी ईश्वरी लामिछाने ११९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी रामकुमार विष्टले ६८ मत प्राप्त गरे । सचिव पदमा शुभमकुमार गुप्ता १०० मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बुद्धिसागर सुवेदीले ८९ मत प्राप्त गरे । सहसचिव पदमा फारुक गुज्जर निर्वाचित भए ।

जातीय प्रतिनिधि सदस्यतर्फ कमर जहाँ १२१ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सहजाद अली जोलाहले ५७ मत प्राप्त गरेका छन् । दलित सदस्यतर्फ स्मृति नेपाली १४५ मतसहित निर्वाचित भएकी छन् भने मनोज नेपालीले ३७ मत प्राप्त गरे ।

खुला सदस्यतर्फ यमुनाकुमारी थापामगर १४९, एकलाल थापा क्षेत्री १३८ र हेमराज बराल १२८ मत ल्याएर निर्वाचित भएका छन् । सदस्य पदका उम्मेदवार सौरभ कर्मचार्यले ७३ मत प्राप्त गरे । निर्वाचित पदाधिकारी तथा सदस्यको पदभार ग्रहण कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्