३० जेठ २०८३, शनिबार

रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की

जेठ २४, २०८३
काठमाडौं
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत गरेको छ । 

काठमाडौँ निवासी कार्कीलाई पार्टीको विधान, नीति, सिद्धान्त र विभागको नियमावली बमोजिम पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वासका साथ मनोनयन गरिएको पार्टीले जनाएको छ ।

नवनियुक्त सदस्य कार्की अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा लामो अनुभव भएका युवा हुन् । उनीसँग विश्वभरका युवा लोकतन्त्रवादीहरू आवद्ध संगठनको सहअध्यक्षको भूमिका निर्वाह गरिसकेको अनुभव छ । 

उनले युनिभर्सिटी अफ इस्ट लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्रमा स्नातक तहको अध्ययन पूरा गरेका छन् ।

विगतमा उनले उनले पोल्याण्डमा सम्पन्न संयुक्त राष्ट्र संघीय 'वर्ल्ड अर्बन फोरम', अमेरिकाको वासिङ्टन डिसी र न्यूजील्याण्डमा भएका 'प्रजातान्त्रिक फोरम' लगायत फिनल्याण्ड, जर्मनी, मोरक्को र बेलायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दै नीतिगत संवाद र विश्वव्यापी सञ्जालमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

शहरी योजनामा समेत विज्ञता राख्ने कार्कीले नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषमा सञ्चालक समिति सदस्यको रूपमा सेवा गरिसकेका छन् । 

विभागमा मनोनीत भएसँगै कार्कीले पार्टीको विधान, नीति र सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहँदै नेतृत्वको मार्गदर्शनमा अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ, प्रभावकारी र विस्तार गर्न आफ्नो तर्फबाट निरन्तर प्रयास रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्