२३ असार २०८३, मंगलबार

क्यानडा र बोस्निया बराबरीमा रोकिए

जेठ ३०, २०८३
काठमाडौं
क्यानडा र बोस्निया बराबरीमा रोकिए

फिफा विश्वकप २०२६ अन्तर्गत बोस्निया र क्यानडाको खेल बराबरीमा टुंगिएको छ । सहआयोजक राष्ट्र क्यानडाको घरेलु मैदानमा भएको खेलमा दुई टोली १-१ को बराबरीमा रोकिएका हुन् । 

खेलको पहिलो हाफमा बोस्निया हर्जगोभिनाले अग्रता लिएको थियो। खेलको २१ औँ मिनेटमा इभान बेसिकको कर्नरमा सिद क्लोसिनेकले दिएको पासलाई सदुपयोग गर्दै जुभो लुकिकले गोल गरे।

तर, बोस्निया एन्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन । ७९औं मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो । काइल लारिनले शानदार गोल गर्दै क्यानडालाई बराबरीमा फर्काएका थिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र अंक दुवै टोलीले एक-एक अंक बाँडे ।

विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पाराग्वे खेल्नेछन् । उक्त खेल बिहान पौने ७ बजेबाट शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्