१० असार २०८३, बुधबार

स्रोत नखुलेको साढे २ लाख भारतीय रुपैयाँसहित १ जना पक्राउ

मंसिर १६, २०८२
विराटनगर
स्रोत नखुलेको साढे २ लाख भारतीय रुपैयाँसहित १ जना पक्राउ
फाइल फोटो

मोरङको विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले स्रोत नखुलेको २ लाख ५० हजार भारतीय रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका २५ वर्षीय मनीष यादव रहेका प्रहरीले मंगलबार जानकारी दिएको हो ।

गत शनिबार दिउँसो साढे १२ बजेतिर भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री यादवलाई शंका लागेर प्रहरी टोलीले चेकजाँच गरेको थियो ।

सो क्रममा उनले बोकेको झोलाभित्र लुकाई छिपाई ल्याएको ५०० दरका ५०० थान भारतीय नोट फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको रकमको स्रोत खुलाउन नसकेपछि यादवलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्