०९ असार २०८३, मंगलबार

सामसङको एनपीएल लक्षित छुट योजना : ३३ प्रतिशत क्यास ब्याक तथा ७ हजार एक्सचेन्ज बोनस

मंसिर १७, २०८२
काठमाडौं
सामसङको एनपीएल लक्षित छुट योजना : ३३ प्रतिशत क्यास ब्याक तथा ७ हजार एक्सचेन्ज बोनस

सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल)लाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।

यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि एचडी टीभीसम्मका मोडेलमा ३३ प्रतिशतसम्म क्यास ब्याक तथा रु ७ हजारसम्म एक्सचेन्ज बोनस उपलब्ध रहेको छ । जसले ग्राहकलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना यही डिसेम्बर ३१ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध छ। 

८५ इन्चसम्मका ठूलो स्क्रिन, अत्याधुनिक पिक्चर क्वालिटी र उन्नत स्मार्ट फिचरसहित सामसङ टीभीहरूले प्रत्येक खेललाई शानदार स्पष्टता र आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्छन्, जसले घरमै ‘स्टेडियम-जस्तो’ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।​​

यस्ता छन् अत्याधुनिक फिचरहरू :

·         4K AI Upscaling: जसले जुनसुकै स्रोतको सामग्रीलाई अझ स्पष्ट र धारिलो बनाउँछ।

·         Samsung Knox Security: जसले सुरक्षित, भरपर्दो, र संरक्षित स्मार्ट कनेक्टिभिटी सुनिश्चित गर्छ।

सामसङले आफ्नो टी, ए, बी, सी, डी र एफ सिरिजका टीभीहरूमा ३ वर्षको फुल वारेन्टी प्रदान गर्दै आएको छ । जसले उत्पादनमा हुनसक्ने कुनै पनि प्रकारका उत्पादनगत समस्यामा प्रयोगकर्तालाई पूर्ण आत्मविश्वास दिने कम्पनीले जनाएको छ ।

उपलब्ध अफरहरू:

null

 

salt training

कमेन्ट गर्नुहोस्