
नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याडमा भ्रष्टाचार प्रकरणमा बुधबार मुद्दा दायर गरेको हो ।
प्राधिकरणका महानिर्देशक अधिकारी र निर्देशक मुरारी भण्डारीलाई पक्राउ गरेर उपस्थित गराइएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले लोकान्तरलाई जानकारी दिए ।
बुधबार बयानका लागि पुगेका अधिकारीलाई अख्तियारले तत्काल नियन्त्रणमा लिएर अदालतमा पुर्याएको हो ।
यो पनि पढ्नुहोस्
भक्तपुरको नलिञ्चोकमा ३३ रोपनीमा बनेको हेलिप्याड सञ्चालनमा