१७ असार २०८३, बुधबार

जेलेन्स्की र ट्रम्पका दूतबीच वार्ता, तर युक्रेनमा रुसी आक्रमण जारी

मंसिर २१, २०८२
काठमाडौं
जेलेन्स्की र ट्रम्पका दूतबीच वार्ता, तर युक्रेनमा रुसी आक्रमण जारी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शान्ति दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग "निकै रचनात्मक" टेलिफोन वार्ता भएको बताएका छन्।

रुससँगको युद्ध अन्त्य गर्न भइरहेका प्रयास र मस्कोले सम्भावित सम्झौता पालना गर्ने सुनिश्चितताका विषयमा छलफल भएको जेलेन्स्कीले जानकारी दिए। उनले आफू अमेरिकासँग मिलेर काम गर्न "दृढ" रहेको बताएका छन्।

अमेरिकाको मियामीमा युक्रेनी र अमेरिकी अधिकारीहरूबीच रुससँगको शान्ति सम्झौताको खाका तयार पार्न तेस्रो दिन पनि वार्ता जारी छ। यसै वार्तापछि विट्कोफ र युक्रेनी राष्ट्रिय सुरक्षा परिषद्का सचिव रुस्टेम उमरोभले एक संयुक्त विज्ञप्ति जारी गर्दै दुई दिनको वार्ता रचनात्मक भएको बताएका छन्। उनीहरूबीच सुरक्षा व्यवस्थाको रूपरेखा र दीर्घकालीन शान्ति कायम राख्न आवश्यक प्रतिरोध क्षमताका विषयमा सहमति जुटेको बताइएको छ।

कूटनीतिक प्रयास चलिरहँदा रुसले भने युक्रेनमा आक्रमण तीव्र पारेको छ। मस्कोले कुनै पनि सहुलियत नदिने संकेत गर्दै शुक्रबार राति मात्रै युक्रेनमा ६५३ ड्रोन र ५१ मिसाइल प्रहार गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

आक्रमणबाट किभको दक्षिण-पश्चिममा रहेको फास्टिभ सहरको मुख्य रेलवे स्टेसन ध्वस्त भएको छ भने आठवटा क्षेत्रका ऊर्जा पूर्वाधारमा क्षति पुग्दा विद्युत् आपूर्ति बन्द भएको छ।

रुसी आक्रमणको युक्रेनका युरोपेली सहयोगीहरूले निन्दा गरेका छन्। 
 

salt training

कमेन्ट गर्नुहोस्