
सिद्धार्थ बैंकले कृषि, सौर्य, ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यका साथ नेपाल सोसल बिजनेस (NSB)सँग सहकार्य गरेको छ ।
सिद्धार्थ बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जनले यस सहकार्यले नेपालमा उद्यमशीलता प्रवर्द्धन तथा दिगो आर्थिक विकासप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए ।
त्यसैगरी नेपाल सोसल बिजनेसका निर्वाण चौधरीले रणनीतिक लगानी, मार्गदर्शन तथा दीर्घकालीन सहयोगमार्फत सामाजिक उद्यमलाई सशक्त बनाउने प्रतिबद्धता जनाए । एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको नेपाल सोसल बिजनेसले हालसम्म देशभर २० भन्दा बढी सामाजिक उद्यमहरूलाई सहयोग गरी समावेशी आर्थिक वृद्धि र दिगो जीविकोपार्जनमा योगदान पुर्याउँदै आएको उनले बताए ।
यस्ता प्रभावमूलक उद्यमहरूको सशक्तीकरणले समावेशी, दिगो तथा सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।