२४ जेठ २०८३, आइतबार

वीर अस्पतालमा १०३ वर्षिया वृद्धाको मस्तिष्कको जटिल शल्यक्रिया

पुस १६, २०८२
काठमाडौं
वीर अस्पतालमा १०३ वर्षिया वृद्धाको मस्तिष्कको जटिल शल्यक्रिया

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको जटिल तथा दुर्लभ शल्यक्रिया गरिएको छ । कोटेश्वर बस्ने १०३ वर्षीया वृद्धाको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

अचेत अवस्थामा अस्पताल आइपुगेकी ती वृद्धाको मस्तिष्कमा ठूलो रक्तश्राव भएपछि न्यूरोसर्जिकल शल्यक्रिया सफलतापूर्वक गरिएको उपचारमा संलग्न चिकित्सक तथा न्यूरो सर्जरी विभागका प्रमुख प्रा डा राजीव झाले जानकारी दिए । 

“उहाँ अस्पताल आइपुग्दा अचेत अवस्थामा हुनुहुन्थ्यो । विस्तृत जाँच परीक्षण पछि उहाँको मस्तिष्कमा धेरै ठूलो रक्तश्राव भइरहेको पत्ता लाग्यो र तुरुन्तै न्यूरोसर्जिकल शल्यक्रिया आवश्यक थियो”, डा झाले भने, “यस्तो उमेरमा मस्तिष्कको शल्यक्रिया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले ठूलो चुनौती थियो । न्यूरोसर्जरी विभागको टोलीले छलफल र बिरामीको परिवारसँगको परामर्शपछि शल्यक्रिया गर्ने सामूहिक निर्णयमा हामी पुग्यौँ र शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो ।” झाका अनुसार शल्यक्रियापश्चात् बिरामीको उल्लेखनीय सुधार देखिएको छ ।

झाको नेतृत्वको शल्यक्रियामा डा समीर अर्याल, डा नम्रता खड्का, डा आयुष विमली, स्टार्फनर्स सिन्धु गौतमलगायत रहेका थिए । बिरामी हाल होसमा रहेको र बोल्नसक्ने अवस्था र आफैँ खाना खानसक्ने भएकी छन्।

उनले १०० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया हुनु विश्वमै दुर्लभ मानिने बताए । बिरामीमा पछिल्लो एक महिनादेखि कहिलेकाहीँ टाउको दुख्ने र पटकपटक लड्नेजस्ता समस्या देखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्