
उदयपुरमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कटारी नगरपालिका- ६ लामीदुवाली बस्ने ५९ वर्षीय कृष्णबहादुर मगर छन् । उनलाई बिहीबार दिउँसो कटारी नगरपालिका- ६ आपटारबाट १ थान भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।