०७ असार २०८३, आइतबार

सागरनाथ वन परियोजनाका पालेको हत्या, १ दिनपछि भेटियो टाउको

पुस २०, २०८२
सर्लाही
सागरनाथ वन परियोजनाका पालेको हत्या, १ दिनपछि भेटियो टाउको

सर्लाहीको ईश्वरपुरमा हत्या गरिएका वनपाले रामईश्वर महतोको टाउको भेटिएको छ ।

ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन परियोजनामा वनपालेका रूपमा कार्यरत महतोको शनिबार घाटी काटेर हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार शनिबार महतोको टाउको विनाको शव भेटिएको थियो ।

आज दिउँसो मात्रै महतोको टाउको घटनास्थलबाट एक सय मिटरको दूरीमा फेला परेको हो ।

महतोको हत्याको अनुसन्धानमा दुई वटा कुकुरसहित धनुषाको लालगढबाट प्रहरीको विशेष अनुसन्धान टोलीले पुगेको थियो ।

प्रहरीले हत्याको आशङ्कामा एक जनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि पक्राउ परेका व्यक्ति सार्वजनिक गरिएको छैन ।

शनिबार बिहानै वनमा रूख काटेको आवाज सुनेपछि महतो साइकलमा त्यसतर्फ लागेका थिए । उनी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी शुरू गरेका थिए ।

महतोको हत्यापछि स्थानीय त्रसित बनेको ईश्वरपुर नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्