
नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सकसहित विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्राध्यापक, एशोसिएट प्राध्यापक, सहायक प्राध्यापक, लेक्चर सहित स्टाफ नर्सलगायत पदहरूमा जनशक्ति माग गरेको हो ।
सूचनाअनुसार आइटी असिस्टेन्ट, आइटी सपोर्ट टेक्निसियन, प्रक्यूमेन्ट असिस्टेन्ट तथा स्टोर इन्चार्जसमेत माग गरिएको छ । दक्ष जनशक्तिहरू थप गरी स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न खोजेको कलेज प्रशासनले जनाएको छ ।
योग्यता पुगेका दक्ष जनशक्तिले आफ्नो व्यक्तिगत र शैक्षिक विवरण इमेल गर्नुपर्ने छ । प्रशासनले आवेदनउपर प्रारम्भिक अध्ययनपश्चात आवेदन दिने व्यक्तिलाई सम्पर्क गरी अन्तरवार्ताका लागि बोलाउने छ ।
कलेजले पछिल्लो समय स्वास्थ्य सेवातर्फ नयाँ सिटी स्क्यान, एमआरआई तथा अत्याधुनिक क्याथल्याब समेत शुरू गरिसकेको छ । स्वास्थ्य सेवामा नविनतम उपकरण तथा दक्ष जनशक्ति व्यवस्थापन गरी सर्वसाधारणलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ काम गरिरहेको छ ।