०२ असार २०८३, मंगलबार

नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित विभिन्न पदमा कर्मचारी माग

पुस २४, २०८२
काठमाडौं
नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित विभिन्न पदमा कर्मचारी माग

नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सकसहित विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्राध्यापक, एशोसिएट प्राध्यापक, सहायक प्राध्यापक, लेक्चर सहित स्टाफ नर्सलगायत पदहरूमा जनशक्ति माग गरेको हो ।

सूचनाअनुसार आइटी असिस्टेन्ट, आइटी सपोर्ट टेक्निसियन, प्रक्यूमेन्ट असिस्टेन्ट तथा स्टोर इन्चार्जसमेत माग गरिएको छ । दक्ष जनशक्तिहरू थप गरी स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न खोजेको कलेज प्रशासनले जनाएको छ । 

योग्यता पुगेका दक्ष जनशक्तिले आफ्नो व्यक्तिगत र शैक्षिक विवरण इमेल गर्नुपर्ने छ । प्रशासनले आवेदनउपर प्रारम्भिक अध्ययनपश्चात आवेदन दिने व्यक्तिलाई सम्पर्क गरी अन्तरवार्ताका लागि बोलाउने छ । 

कलेजले पछिल्लो समय स्वास्थ्य सेवातर्फ नयाँ सिटी स्क्यान, एमआरआई तथा अत्याधुनिक क्याथल्याब समेत शुरू गरिसकेको छ । स्वास्थ्य सेवामा नविनतम उपकरण तथा दक्ष जनशक्ति व्यवस्थापन गरी सर्वसाधारणलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ काम गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्