०७ असार २०८३, आइतबार

१९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ

पुस २५, २०८२
काठमाडौं
१९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ

कैलालीमा १९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् ।

भजनी नगरपालिका-८ जनकपुर बस्ने ६५ वर्षीय राम शंकर चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्