०७ असार २०८३, आइतबार

१६ डीएसपीको एसपीमा बढुवा सिफारिस

पुस २८, २०८२
काठमाडौं
१६ डीएसपीको एसपीमा बढुवा सिफारिस
फाइल फोटो

नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिसअनुसार डीएसपी पुष्पराज मल्ल पहिलो नम्बरमा एसपीमा सिफारिस भएका छन् ।

यस्तै, धर्मराज भण्डारी, रविन श्रेष्ठ, ​दीलिपकुमार गिरी, कुमारविक्रम थापा, बुद्ध श्रेष्ठ, मानबहादुर राई, मोहनबहादुर खाँण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी, छेदीलाल कामती, हरिबहादुर ओली, प्रदीपकुमार सिंह र दीपक भारतीलाई पनि सिफारिस गरिएको छ । 

nullnull

कमेन्ट गर्नुहोस्