
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अङ्कले बढेको छ । मङ्गलबार नेप्से परिसूचक ४.९० अङ्कले बढेर २६३९.९१ को विन्दुमा कायम भएको हो ।
यस दिन बजारमा १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार मात्रै परिसूचक ५.५४ अङ्कले घटेर २६३५ को विन्दुमा बन्द भएको थियो ।
सामान्य अङ्कले वृद्धि भएको बजारमा थ्री स्टार हाइड्रो पावरका लगानीकर्ताहरू सर्वाधिक नाफामा रहेका छन् ।
एकै दिन यस कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
त्यस्तै, कारोबारका आधारमा भने राधी विद्युत् कम्पनी ५४ करोड ६५ लाख ६६ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।