०६ असार २०८३, शनिबार

भक्तपुरमा छोराले गरे आमाको हत्या

माघ ३, २०८२
काठमाडौं
भक्तपुरमा छोराले गरे आमाको हत्या

भक्तपुरको मध्यपुरथिमि-३ मा  छोराले आमाको हत्या गरेका छन् । मानसिक सन्तुलन ठीक नभएका तेर्चाटारका २७ वर्षीय प्रवीण भण्डारीले गएराति आफ्नी आमाको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी परिसरका प्रमुख सूर्यबहादर खड्काका अनुसार धारिलो हतियार प्रयोग गरी निजले आफ्नी ५० वर्षीया आमा सरिताको हत्या गरेका हुन् । आमाको हत्यापछि उनले आत्महत्याको प्रयास गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका निजको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । 

धनुषाको मिथिला नगरपालिका–११ का स्थायी बासिन्दा भण्डारी र निजका मातापिता तेर्चाटारमा डेरा गरी बस्दै आएका थिए । घटनाका बारेमा बाबुले राति १० बजे जानकारी दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्