०४ असार २०८३, बिहीबार
सहकारी ठगी प्रकरण

पर्सा अदालतले माग्यो रवि लामिछानेसँग एक करोड धरौटी

माघ ६, २०८२
काठमाडौं
पर्सा अदालतले माग्यो रवि लामिछानेसँग एक करोड धरौटी

सहकारी ठगी प्रकरणमा पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग एक करोड रूपैयाँ धरौटी मागेको छ । 

मंगलबार भएको थुनछेक बहसपछि लामिछानेसँग १ करोड रूपैयाँ धरौटी माग्ने आदेश भएको हो । 

पर्सा जिल्ला अदालतका एक कर्मचारीका अनुसार न्यायाधीश रुद्र सुवेदीको इजलासले लामिछानेसँग १ करोड रूपैयाँ धरौटी तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको छ । 

लामिछाने मंगलबार नै पर्सा जिल्ला अदालत पुगेर बयान दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्