![काठमाडौं उपत्यकाको तापक्रम घट्यो, घाम ताप्दै सर्वसाधारण [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Winter_9_81YIfRjt4Q.jpg)
बुधबार काठमाडौं उपत्यकामा माघ महिना लागेयताकै कम तापक्रम देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ५:४५ बजे मापन गरेको काठमाडौंको न्यूनतम् तापक्रम ३.५ डिग्री सेल्सियस देखिएको हो ।
मंगलबार शुरूआती मापनमा ४.५ डिग्री सेल्सियस देखिएको काठमाडौंको न्यूनतम् तापक्रम पछि घटेर ४.४ डिग्री सेल्सियस कायम भएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जाडोयाम बाँकी नै रहेकाले मौसम प्रणाली भित्रिएका खण्डमा तापक्रम अझै घट्ने सम्भावना छ ।
यसरी तापक्रम घट्दो अवस्थामा रहँदा सर्वसाधारण उपत्यकाका विभिन्न स्थानमा घाम ताप्दै गरेको देखिन्छ ।












