०७ असार २०८३, आइतबार

अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा १ जना पक्राउ

माघ १२, २०८२
काठमाडौं
अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा १ जना पक्राउ
फाइल फोटो

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३१ बस्ने भोजपुर हतुवागढी गाउँपालिका ९ घर भएका ५९ वर्षीय महेन्द्र विश्वकर्मा छन् । उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महेन्द्रले अजरबैजान पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ३२ बाट पक्राउ गरेको हो । 

आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ​ताहाचल काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्