
कछुवा खरिद बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
अवैध रूपमा संरक्षित वन्यजन्तु जीवित कछुवा ओसारपसार गरी खरिद बिक्री गर्न बोकी हिँडेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-१६ स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका-३ धोबिघाट १९ वर्षीय रोहिम तिवारी रहेका छन् ।
पक्राउ परेका तिवारीलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी, ललितपुरमा बुझाइएको सीआईबीले जनाएको छ ।
उनको साथबाट प्रहरीले ६ वटा कछुवा समेत बरामद गरेको छ । उक्त कछुवा पनि डिभिजन वन कार्यालय बुझाइएको छ ।