०१ असार २०८३, सोमबार
पुन: परीक्षणको यात्रामा पूर्वसांसद

‘विकासप्रेमी छवि’का बासुदेवको ‘इन्ट्री’ले रुपन्देही-३ मा जगाएको आशा

माघ १३, २०८२
बुटवल
‘विकासप्रेमी छवि’का बासुदेवको ‘इन्ट्री’ले रुपन्देही-३ मा जगाएको आशा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व मेयर तथा निवर्तमान संघीय सांसद बासुदेव घिमिरे अहिले रुपन्देही क्षेत्र नम्बर ३ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार छन् ।

यसअघिको संसदीय निर्वाचन रुपन्देही क्षेत्र नम्बर ५ बाट जितेका घिमिरे आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो गृहनगर समेत पर्ने रुपन्देही-३ बाट उम्मेदवार बनेका हुन् । 

२०७९ को निर्वाचनमा पनि उनले क्षेत्र नम्बर ३ नै रोजेका थिए । तर, चुनावी गठबन्धनका कारण सो क्षेत्र राप्रपाका नेता दीपक बोहोरालाई परेपछि उनी क्षेत्र नम्बर ५ पुगेका थिए । 

२०७९ मा एमालेको साथ पाएका बोहोराले नेपाली कांग्रेसका प्रभावशाली नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई हराएका थिए । अहिले सोही क्षेत्रमा राप्रपाको तर्फबाट दिवंगत बोहोराका छोरा गौरव बोहोरा, नेपाली कांग्रेसका सुशील गुरुङ, रास्वपाका डा. लेखजंग थापासँग घिमिरे चुनावी मैदानमा छन् ।

२०२४ माघ १३ साउनमा गुल्मीमा जन्मिएका बासुदेव घिमिरे तिलोत्तमा-४, रुपन्देहीका स्थायी बासिन्दा हुन् । नेकपा एमालेमा चार दशकदेखि क्रियाशील घिमिरे रुपन्देहीमा विकासप्रेमी नेताको रूपमा चिनिन्छन् । 

घिमिरेको राजकीय राजनीतिक यात्रा तिलोत्तमा नगरपालिकाको प्रथम नगर प्रमुखको रूपमा प्रारम्भ भएको हो । रुपन्देहीको मध्यभागमा रहेको तिलोत्तमामा उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका नेता रामकृष्ण खाणलाई हराउँदै नगर प्रमुखमा निर्वाचित भएका थिए । 

पहिलो पटक अधिकार सम्पन्न स्थानीय तहको प्रमुखको रूपमा निर्वाचित घिमिरेले तिलोत्तमालाई ‘कायापलट’ गराउन सफल रहे । उनले नेतृत्वमा दृढ इच्छाशक्ति भए सीमित स्रोत, साधनमा पनि जनतामा आशा र विश्वास जगाएर परिवर्तन ल्याउन सकिन्छ भन्ने तिलोत्तमाबाट देखाए । 

null

उनले तिलोत्तमालाई मुलुककै उत्कृष्ट नगरपालिका मात्र होइन; दुई पटक राष्ट्रियस्तरमै उत्कृष्ट पालिका बनाएर अन्तर्राष्ट्रिय ख्याति समेत दिलाउन सफल भए । उनले छोडेको पदचापमा तिलोत्तमा अहिले पनि मुलुककै रोलमोडल पालिकाको रूपमा चित्रित छ । तिलोत्तमा अन्य पालिकाका लागि असल अभ्यास सिक्ने थलो बनेको छ । 

तिलोत्तमामा घिमिरेले गरेको नेतृत्व र त्यसको प्रभाव यत्तिसम्म रह्यो कि काठमाडौंको मेयर लड्नुपूर्व हालका रास्वपा नेता बालेन शाह समेत असल अभ्यास सिकाइका लागि घिमिरेलाई भेट्न उनको कार्यकक्षसम्म पुगेका थिए । यसैले बेलाबेला बालेनसँगका उनका तस्वीर सामाजिक सञ्जालमा छाउँछन् । बालेनले घिमिरेको बारेका मुक्तकण्ठले प्रशंसा मात्र गरेनन्, काठमाडौंको मेयर भएपछि तिलोत्तमासँग जोडिएका केही कर्मचारीलाई आफ्नो कोर टीममा समेत सामेल गराए ।

घिमिरेले २०७९ सालमा रुपन्देही क्षेत्र नम्बर ५ मा कांग्रेसका बलिया उम्मेदवार भरत शाहलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । लगातार तीन पटक चुनाव जितेका शाहलाई घिमिरेको ‘इन्ट्री’ले संसदीय यात्रामा ‘ब्रेक’ लगायो । 

अघिल्लो निर्वाचनमा नेकपा एमालेले पहिला घिमिरे र पछि अर्का नेता खिमलाल भट्टाराईलाई क्षेत्र नम्बर ५ को टिकट दिएपछि विवाद उत्पन्न भयो । तर, घिमिरेले पहिला मनोनयन दर्ता गराएका कारण उम्मेदवारी कायम रह्यो । घिमिरेले शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराए ।

प्रतिनिधिसभा सदस्यको रूपमा घिमिरे रुपन्देहीका जनताले भोगेका समस्याका बारेमा आक्रामक ढंगले प्रश्न उठाउने युवा नेताका रूपमा चिनिन्छन् । 

संसदमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन, खुला सीमाका कारण नेपाली व्यवसायीले भोग्नुपरेका समस्या, किसानले मल, बिउबिजन, सिंचाइमा पाएको असुविधा, लुम्बिनीमा पर्यटन पूर्वाधार निर्माण, भ्रष्टाचार नियन्त्रण, सुशासन, युवाको विदेश पलायन लगायतका मुद्दामा सरकारलाई कडा प्रश्न गर्ने शैलीले उनको उपस्थितिलाई अर्थपूर्ण बनायो ।

null

यत्तिसम्मकि उनले आफ्नो क्षेत्रको विकासका बारेमा आफ्नै पार्टीका मन्त्रीहरूसँग समेत नोकझोक गर्नुपरेको थियो । संसद्का अधिकांश बैठक र छलफलमा भाग लिने नेताको पहिचान बनाएका घिमिरेले रुपन्देही क्षेत्र नम्बर ५ को विकासका लागि ठूला विकासे योजनाको प्रारम्भ गराएका छन् । उनको निरन्तरको लबिङका कारण लुम्बिनी गुरुयोजनाको बाँकी कामले तीव्रता पाइरहेको छ । लुम्बिनी विकास कोषलाई विकास साझेदारले उपलब्ध दिएका विद्युतीय सवारी सञ्चालनका लागि सांसद घिमिरेले सदनमा समेत आवाज उठाए । नम्बर प्लेट परिवर्तन त भयो तर कोषले अझैसम्म ती सवारीसाधन सञ्चालनमा ल्याएको छैन ।

उनको पहलमा सालझण्डीमा कञ्चन बाँधको काम भएपछि स्थानीय किसानलाई सिंचाइ सुविधा पुगेको छ । रामापुर-लुम्बिनी सडक विस्तारको काम प्रारम्भ भएको छ भने मुग्लाहा सडक, सूर्यपूरा-मजदिया सडक, खुनबनगाइ हुलाकी सडक, फायरलाइन-लुम्बिनी सडक मर्मत तथा स्तरोन्नति लगायतका सडक निर्माणका काम भएका छन् । क्षेत्र नम्बर ५ मा विभिन्न ठाउँमा पुल निर्माण, लुम्बिनीमा हाइमाष्ट लाइट तथा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण, शिक्षा, स्वास्थ्य, खेलकुद, सिंचाइ समेतका काममा घिमिरेको पहलकदमी रहेको छ । 

‘निष्कलंक र विकासप्रेमी छवि’का नेताको परिचय बनाएका घिमिरे सबैले विश्वास गर्ने नेता हुन् । उनमा जनपरिचालन गर्ने विशेष खुबी छ । राजनीतिलाई पेशा बनाइनु हुँदैन भन्नेमा घिमिरे प्रस्ट छन् । अघिल्लो पटक रुपन्देही–५ बाट निर्वाचित भए पनि उनले क्षेत्र नम्बर ३ का मुद्दा र सरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका थिए । 

null

घिमिरे क्षेत्र नम्बर ३ को भूगोल र जनतासँग परिचित पात्र हुन् । उनले आफूलाई रुपन्देही क्षेत्र नम्बर ३ का मतदातासँग उम्मेदवारको हैसियतले मात्र होइन, यही माटोमा हुर्किएको, यही समाजका सुख–दु:खमा सँगसँगै बाँचेको, यही ठाउँको विकास निर्माण, परिवर्तनलाई सधैँ आफ्नो एजेन्डा बनाउँदै आएको एउटा जिम्मेवार नागरिकको हैसियतमा पनि परिचित गराउन चाहेका छन् । 

२०४८ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका घिमिरेसँग युवा संघको गाउँ, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म काम गरेको अनुभव छ । नेकपा एमालेको राजनीतिमा हाल उनी प्रदेश कमिटी सदस्यको रूपमा क्रियाशील छन् । विभिन्न संघ संस्था, बैंक, वित्तीय संस्थाको नेतृत्व सम्हालेको अनुभव पनि घिमिरेसँग छ ।

 

salt training

कमेन्ट गर्नुहोस्