२४ असार २०८३, बुधबार

९ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ७ दिनभित्र स्पष्टीकरण दिन अल्टिमेटम

माघ १६, २०८२
काठमाडौं
९ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ७ दिनभित्र स्पष्टीकरण दिन अल्टिमेटम

 सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। 

कार्यालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न अल्टिमेटम दिएको हो।
यसअघि विभिन्न सार्वजनिक निकायहरूबाट ती कम्पनीहरूलाई कालोसूचीमा राख्न लेखी आएकाले कार्यालयले निजहरूको ठेगानामा ३० दिने स्पष्टीकरण पत्र पठाएको थियो। तर, तोकिएको समयभित्र कुनै पनि व्यवसायीले लिखित जवाफ नपठाएपछि सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम पुनः यो सार्वजनिक सूचना प्रकाशित गरिएको हो।

 सूचनामा उल्लेख भएअनुसार अबको ७ दिनभित्र पनि चित्तबुझ्दो आधार वा प्रमाणसहितको स्पष्टीकरण नआएमा ती कम्पनीहरूलाई सिधै कालोसूचीमा राख्ने प्रक्रिया पुरा गरिनेछ।
कालोसूचीको तयारीमा रहेका कम्पनीहरूमा भक्तपुरको ओम गणेश निर्माण सेवा, धादिङको पृथ्वी निर्माण सेवा, दैलेखको न्यू रोहित ट्रेडर्स एण्ड अर्डर सप्लायर्स, र काठमाडौँको डाइमेन्सनल कन्स्ट्रक्सन प्रा.लि. रहेका छन्। त्यस्तै, पर्साको जी.बी. मेटल क्राफ्ट इन्डस्ट्रिज एण्ड सप्लायर्स, दार्चुलाको सुरज कन्स्ट्रक्सन, चितवनको अर्भान कन्स्ट्रक्सन, महोत्तरीको ब्रदर्स कन्स्ट्रक्सन र काठमाडौँको सूर्यदिप छापाखानालाई पनि स्पष्टीकरण सोधिएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्