०४ असार २०८३, बिहीबार

४७ वर्षीय पुरुषको हत्या गरेको आरोपमा एक जना पक्राउ

माघ १८, २०८२
काठमाडौं
४७ वर्षीय पुरुषको हत्या गरेको आरोपमा एक जना पक्राउ

संखुवासभामा एक पुरुषको हत्या गरेको आरोप एक जना पक्राउ परेका छन् । 

चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लिला प्रसाद राईको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ५९ वर्षीय शिव कुमार राई पक्राउ परेका हुन् ।

उनलाई प्रहरी शनिबार दिउँसो पक्राउ गरेको हो । 

आपसी वादविवादको क्रममा शिव कुमारले खुकुरी प्रहार गर्दा लिला प्रसादको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्