२९ जेठ २०८३, शुक्रबार

७ लाख जरिवाना ठहर भएका व्यक्ति पक्राउ

जेठ २८, २०८३
काठमाडौं
७ लाख जरिवाना ठहर भएका व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ घर भएका ५२ वर्षीय प्रशान्त राम नकर्मी छन् । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

जिल्ला अदालत काठमाडौंको २०८२ मंसिर १० गतेको फैसलाले उनलाई उक्त मुद्दामा ७ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर गरेको थियो । 

त्यसयता उनी फरार थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्