२९ असार २०८३, सोमबार

मेक्सिको र दक्षिण अफ्रिकाको सुरुवाती-११ सार्वजनिक

जेठ २९, २०८३
काठमाडौं
मेक्सिको र दक्षिण अफ्रिकाको सुरुवाती-११ सार्वजनिक

विश्वकप २०२६ को उद्घाटन खेलका लागि सह-आयोजक मेक्सिको र दक्षिण अफ्रिकाले आ-आफ्नो सुरुवाती ११ घोषणा गरेका छन्।

 मेक्सिको सिटीमा नेपाली समयअनुसार पौने १ बजे हुने यस प्रतिक्षित भिडन्तका लागि दुवै टोलीले आफ्ना मुख्य खेलाडीहरूलाई मैदानमा उतारेका हुन्।

मेक्सिकोको तर्फबाट अनुभवी स्ट्राइकर राउल जिमिनेजले टोलीको अग्रपंक्ति सम्हाल्नेछन्। यद्यपि, अहिले सबैको ध्यान मेक्सिकन टोलीका १७ वर्षीय डिफेन्डर गिलबर्टो मोरामा केन्द्रित भएको छ। यस विश्वकपका सबैभन्दा कान्छा खेलाडीका रूपमा रहेका मोरा हाललाई वैकल्पिक खेलाडीको सूचीमा छन्। यदि उनले आजको खेलमा मैदान प्रवेश गर्ने मौका पाए भने उनी विश्वकपको इतिहासमै मैदानमा उत्रने दोस्रो सबैभन्दा कान्छा खेलाडी बन्ने कीर्तिमान रच्नेछन्।

मेक्सिकोको सुरुवाती टोलीमा रांगेल, मोन्टेस, भास्केज, रेयेस, ग्यालार्डो, लिरा, फिडाल्गो, अल्भाराडो, गुटेरेज, जिमिनेज र क्विनोनेस रहेका छन्।

अर्कोतर्फ, सन् २०१० मा आफैँले आयोजना गरेपछि पहिलोपटक विश्वकपको मञ्चमा फर्किएको दक्षिण अफ्रिकाले बर्नलीका चर्चित स्ट्राइकर लायल फोस्टरलाई मैदानमा उतारेको छ। दक्षिण अफ्रिकाको सुरुवाती टोलीमा कप्तान विलियम्ससहित मोदीवा, एमबोकाजी, सिबिसी, मुडाउ, ओकोन, मोकोएना, सिथोल, एडम्स, फोस्टर र रेनर्स रहेका छन्।

करिब १६ वर्षपछि विश्वकपमा पुनरागमन गरेको दक्षिण अफ्रिका र घरेलु समर्थकको साथ पाएको मेक्सिकोबीचको यो उद्घाटन खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्