
कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दै नेपाल सरकारले मंगलबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।
पूर्वअमिर अल थानीको आइतबार कतारको राजधानी दोहामा निधन भएको थियो। नेपाल सरकार गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै उनको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेको हो।
मन्त्रालयका अनुसार असार ३० गते (मंगलबार) नेपालभरका सबै सरकारी कार्यालय तथा कतारको दोहास्थित नेपाली राजदूतावासमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
नेपाल र कतारबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध कायम रहँदै आएको छ।