
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसुर सम्बन्धमा अनुसन्धान गर्ने क्रममा झापा भद्रपुर घर भई हाल काठमाडौं बस्ने ३९ वर्षीया मृदुला सरियालाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार नेपाल बीमा प्राधिकरणले प्रभात ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालि सम्बन्धमा गरेको निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो ।
सीआईबीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि सरियालाई गौचरनबाट नियन्त्रणमा लिएको जनाएको छ ।