१२ साउन २०८३, मंगलबार

बीमा ऐन कसुरमा थप एक जना पक्राउ

साउन ७, २०८३
काठमाडौं
बीमा ऐन कसुरमा थप एक जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले  बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसुर सम्बन्धमा अनुसन्धान गर्ने क्रममा झापा भद्रपुर घर भई हाल काठमाडौं बस्ने ३९ वर्षीया मृदुला सरियालाई पक्राउ गरेको हो । 

सीआईबीका अनुसार नेपाल बीमा प्राधिकरणले प्रभात ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालि सम्बन्धमा गरेको निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो ।

सीआईबीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि सरियालाई गौचरनबाट नियन्त्रणमा लिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्