१० साउन २०८३, आइतबार
एमाले महासचिव पोखरेल

नाटकीय रूपमा उदाएको रास्वपाको पतन त्यसैगरी हुन्छ, ढुक्क हुँदा हुन्छ– शंकर पोखरेल

साउन ९, २०८३
काठमाडौं
नाटकीय रूपमा उदाएको रास्वपाको पतन त्यसैगरी हुन्छ, ढुक्क हुँदा हुन्छ– शंकर पोखरेल
फाइल फोटो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकार लामो समय नटिक्ने दाबी गरेका छन् । नाटकीय रूपमा उदाएको रास्वपाको पतन त्यसैगरी हुने उनको दाबी छ ।

नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले बालेन सरकार लामो समयको चुनौती नरहेको बताएका हुन् ।

'आज वालेन्द्र सरकार पप्युलिजम, एनार्कीजम र अपर्च्युनिजमका कारण बन्यो, यो लामो समयको चुनौती हो भन्ने लाग्दैन । कुनै पनि शक्तिको उदय जति छिटो हुन्छ, पतन पनि त्यति नै छिटो हुने सम्भावना रहन्छ । यो विज्ञानको कुरा हो,' पोखरेलले भने, 'नाटकीय रूपमा उदाएको रास्वपाको पतन त्यसैगरी हुन्छ, यसमा ढुक्क हुँदा हुन्छ ।'

रास्वपा सरकार पतन भइसकेपछि जनमत आफूहरूतिर फर्किनेमा भने शंका रहेको उनको भनाइ छ । 'उनीहरूको पतन पछाडिको भविष्य हामीले चाहेजस्तो हुन्छ हुँदैन त्यो भन्न सकिन्न । एउटा पप्युलिजमको असफलतामा अर्को पप्युलिजमले ठाउँ लिन खोज्छ, रास्वपा सरकारको असफलतामा जनमत हामीतिर फर्किन्छ भनेर ढुक्क भएर बस्न सकिँदैन ।'

पोखरेलले नेपालमा वामपन्थी दलले जसको लागि काम गरेको उनीहरूलाई बुझाउन नसकेको अवस्था रहेको बताए । 'बालेनले डोजर चलाएर घर भत्काएको काठमाडौं क्षेत्र नम्बर १ मा वामपन्थीको भोट किन कम आउँछ ? किनभने जसको लागि हामीले काम गर्छौं उनीहरूले हामीलाई चिनेनन् । हामीले चिनाउन सकेनौं,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्