१० साउन २०८३, आइतबार

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

साउन ९, २०८३
चितवन
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

चितवनमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६ का ३५ वर्षीय मनोज पराजुली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पराजुलीको उपचारको क्रममा चितवन मेडिकल कलेज (सीएमसी) मा मृत्यु भएको हो ।

शुक्रबार दिउँसो ३ः३० बजे भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा गैँडाकोटबाट आउँदै गरेको ग १ क ४८८१ नम्बरको टिपरले पैदलयात्रा गरिरहेका पराजुलीलाई ठक्कर दिएको थियो ।

उपचारको क्रममा आज उनको मृत्यु भएको हो ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्