
चितवनमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६ का ३५ वर्षीय मनोज पराजुली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पराजुलीको उपचारको क्रममा चितवन मेडिकल कलेज (सीएमसी) मा मृत्यु भएको हो ।
शुक्रबार दिउँसो ३ः३० बजे भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा गैँडाकोटबाट आउँदै गरेको ग १ क ४८८१ नम्बरको टिपरले पैदलयात्रा गरिरहेका पराजुलीलाई ठक्कर दिएको थियो ।
उपचारको क्रममा आज उनको मृत्यु भएको हो ।
टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।