२९ जेठ २०८३, शुक्रबार

दोहोरो अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार

माघ १८, २०८२
काठमाडौं
दोहोरो अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार

सातको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले घटेको छ ।

आइतबार नेप्से परिसूचक १९.८५ अङ्कले घटेर २७९४.२० को विन्दुमा कायम भएको हो । आज २ करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ । 

गत साताको अन्तिम कारोबारका दिन बिहीबार परिसूचक १७.५३ अङ्कले घटेर २७१४.०५ को विन्दुका बन्द भएको थियो । 

दोहोरो अङ्कले घटेको बजारमा कर्पोरेट डेभलपमेन्ट बैङ्कको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा भने आँखुखोला जलविद्युत कम्पनी ५५ करोड ५२ लाख ४० हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । 

आइतबार बजार पुँजीकरण ४५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्