०४ असार २०८३, बिहीबार

ससुराली पुगेर सुतेकै ठाउँमा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि गरे आत्महत्या

माघ २०, २०८२
विराटनगर
ससुराली पुगेर सुतेकै ठाउँमा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि गरे आत्महत्या

मोरङको रंगेली-५ धनपट्टीमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । रंगेली नगरपालिका–५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन् । 

रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार मुकेश सोमबार बेलुका धनपट्टीस्थित ससुराली घर पुगेका थिए । राति सुतेकै ठाउँमा श्रीमती अम्बिकाकुमारी मण्डलसँग विवाद भएपछि उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरेलु विवादका क्रममा मुकेशले अम्बिकाकुमारीमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट अम्बिकाको घटनास्थलमै मृत्यु भएको थियो । 

श्रीमतीको मृत्यु भएलगत्तै मुकेशले पनि सोही चक्कुले आफ्नै घाँटी रेटेको डीएसपी लामिछानेले जानकारी दिए । मुकेशको पनि घटनास्थलमै मृत्यु भएको थियो ।

 प्रहरीले अहिले दुवैको शव नियन्त्रणमा लिएर मुचुल्का उठाउनेलगायत कानुनी प्रक्रिया पूरा गरी शवलाई कोशी अस्पतालमा ल्याएको छ । ‘घटनाको वास्तविक कारण र अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको छ, अनुसन्धानपछि मात्र थप कुरा खुल्नेछ,’ डीएसपी लामिछानेले भने ।

salt training

कमेन्ट गर्नुहोस्