०४ असार २०८३, बिहीबार

चन्द्रगढी विमानस्थलबाट ब्राउन सुगरसहित युवती पक्राउ​

माघ २०, २०८२
झापा
चन्द्रगढी विमानस्थलबाट ब्राउन सुगरसहित युवती पक्राउ​

हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेकी छन् ।​

उनलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलाइन्सको उडान नम्बर ९२६ बाट काठमाडौं जान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतको कोलकातास्थित जापानीज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रूपमा कार्यरत उनलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले सोमबार अपरान्ह ५ः३५ बजेतिर जाँच गर्दा सुरुवालको दुवै गोजीमा १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन लुकाएर राखेको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।

हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको र उनको बयानका आधारमा लागुऔषध कारोबारको गिरोहमा संलग्न थप दुई व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरिएको उनले जानकारी दिए ।

काठमाडौंस्थित लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–५ का २१ वर्षीय थोर्मस तामाङलाई सोही कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्