३० जेठ २०८३, शनिबार

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी पक्राउ

जेठ ३०, २०८३
काठमाडौं
जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी पक्राउ

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका एक कैदीबन्दीलाई पक्राउ गरेको छ ।     
 
प्रहरीका अनुसार, डाँका चोरी मुद्दाका फरार दोलखाको शैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनिल श्रेष्ठलाई पक्राउ परेका हुन् ।  
     
उक्त मुद्दामा नक्खु कारागार ललितपुरमा ५ वर्ष कैद सजाय भुक्तान गरिरहेको अवस्थामा गत भदौ २४ को आन्दोलनका क्रममा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानका लागि नक्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।     
     
यस्तै, प्रहरीले दाङको लमही नगरपालिका–९ अमिलियास्थित नमस्ते होटलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । उनीहरुका साथबाट २१४ ग्राम पहेँलो धातु बरामद गरिएको छ ।     
     
पक्राउ पर्नेमा राजपुर गाउँपालिका–७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ मग्मा बस्ने २२ वर्षीय दिलीप परियार रहेका छन् ।     
     
इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त होटलको कोठा तलासी गर्दा उक्त धातुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।     
     
 

salt training

कमेन्ट गर्नुहोस्