
सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखा जिल्ला भीमेश्वर नगरपालिका–९ घर भई हाल ललितपुर बस्दै आएका २२ वर्षीय सुमन तामाङ, रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका घर भई ललितपुर बस्ने २२ वर्षीय सुशील स्याङ्तान र सुनसरी जिल्ला धरान उपमहानगरपालिका घर भएका १८ वर्षीय बिप्लब राईलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरूबाट एक थान पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।