०४ असार २०८३, बिहीबार

वैदेशिक रोजगारीको प्रलोभनमा बन्धक बनाएको आरोपमा २ जना पक्राउ

माघ २१, २०८२
सिरहा
वैदेशिक रोजगारीको प्रलोभनमा बन्धक बनाएको आरोपमा २ जना पक्राउ

वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारतमा पुर्‍याएर शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार कल्याणपुर नगरपालिका–७ का २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ का २२ वर्षीय प्रशान्त चौधरीलाई पक्राउ गरिएको हो ।

उनीहरूले कल्याणपुर गनरपालिका–७ का रिशकेशकुमार मरिकलाई भारतको गयामा आकर्षक काम लगाइदिने भन्दै प्रलोभनमा पारेका प्रहरीको दाबी छ ।

गत पुस २० गते त्यहाँ पुर्‍याएपछि मोबाइल र सर्टिफिकेटसमेत खोसी उनलाई एक होस्टेलमा बन्धक बनाएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

पीडितलाई बन्धक बनाएर कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिँदै परिवारबाट फिरौती रकम असुल गरेको पाइएको सूचना अधिकारी पालले जानकारी दिए ।

उनीहरूले पीडितको परिवारबाट दुई लाख १७ हजार २०० र मरिकको साथबाट ३० हजार भारू असुल गरेका थिए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्