१६ असार २०८३, मंगलबार

रोयल इन्फिल्ड हन्टर ३५० पोखरामा लन्च, टेस्ट राइड र बूकिङ शुरू​

माघ २१, २०८२
काठमाडौं
रोयल इन्फिल्ड हन्टर ३५० पोखरामा लन्च, टेस्ट राइड र बूकिङ शुरू​

रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा लन्च गरेको छ । 

काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित शोरुममार्फत टेस्ट राइड र बूकिङ कार्यक्रम शुरू गरेको हो ।

विश्वका शहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको BS VI Hunter 350, 2025 Edition पोखराका शहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

null

मोटरसाइकलमा Slip Assist Clutch, १६० एमएम ग्राउण्ड क्लियरेन्स, Dual Channel ABS, LED हेडलैम्प, सुधारिएको सीट र Trip Navigator जस्ता सुविधा समावेश छन् । 

यसमा प्रयोग गरिएको 349 cc J-series इन्जिन ले दैनिक सवारीमा चुस्ती र आरामदायी अनुभव दिने बताइएको छ। सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेका छन् ।​​

रोयल इन्फिल्डका निर्देशक मेघराज पौडेलले पर्यटन र एड्भेन्चरले भरिएको पोखराका लागि हन्टर ३५० उपयुक्त मोडेल रहेको बताए । 'शहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो राइडिङ अनुभव दिने विश्वास लिएका छौं । गण्डकी प्रदेशका राइडरहरूसँग अझ नजिक हुन पाउँदा हामी उत्साहित छौं,' उनले भने ।​

null

हन्टर ३५० को मूल्य :

·         Dual Tone — रु ४,९९,९००

·         Single Tone — रु. ४,९४,९००

पोखरा स्थित रोयल इन्फिल्ड शोरुममा टेस्ट राइड तथा तत्काल डेलिभरी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्